नियम १३
ऋणीको सम्पत्तिको मूल्याङ्कन प्रक्रिया
(१) ऐनको दफा ११ को उपदफा (३) बमोजिम ऋणीको सम्पत्तिको मोल कायम गरी सो सम्पत्तिको स्वामित्व कोष आफैंले लिनु पर्ने देखिएमा लगानी प्रबर्द्धन समितिको सिफारिसमा कोषले त्यस्तो सम्पत्तिको मोल कायम गरी सो सम्पत्तिको स्वामित्व आफैं लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणीको सम्पत्तिको मोल कायम गर्ने सिफारिस गर्दा लगानी प्रबद्र्धन समितिले त्यस्तै प्रकारका अन्य सम्पत्तिको बजार मूल्य तथा प्रचलित ह्रास कट्टी सम्बन्धी व्यवस्था समेतको अध्ययन गरी त्यस्तो सम्पत्तिको मोल सिफारिश गर्नु पर्नेछ ।